rj

बागलुङ २ (ख) मा राजमोका शाही बिजयी

बागलुङ, १६ मंसिर । बागलुङ क्षेत्र नम्बर २ (ख) मा प्रदेश सदस्यका लागि भएको उपनिर्वाचनमा बाम गठबन्धनको साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाही विजयी भएका छन् ।

rjसत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको समर्थन पाएको राष्ट्रिय जनमोर्चाका उम्मेदवार शाहीले नेपाली कांग्रेसका उम्मेदवार जीत शेरचनलाई २ हजार ९७ मत पछि पार्दै विजयी भएका हुन । शाहीले ११ हजार २ सय ३५ मत प्राप्त गरेका छन् भने शेरचनले ९ हजार १ सय ३८ मत प्राप्त गरे ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com