bimala oli photo

पाँच हजार मतान्तरले विमला विजयी

इन्द्रेणी संवाददाता
दाङ, १६ मंसिर । दाङको क्षेत्र नं. ३ ‘ख’ मा नेकपाकी उम्मेदवार विमला कुमारी खत्री वली विजयी भएकी छन् । उनले कांग्रेसका उम्मेलवार केशवराज आचार्यलाई ५ हजार १ सय मतान्तरले पछिपार्दै विजयी भएकी हुन् ।

bimala oli photoविमलाले २४,२८६ मत ल्याएकी छिन् । कांग्रेसका उम्मेदवार आचार्यले १९,१८२ मत ल्याएका थिए । त्यसैगरी साझा पार्टीका उम्मेदवार शिवकुमार चौधरीले २६६, राप्रपाका भूपाल रावतले २२५, समाजवादीका डिल्लीबहादुर डाँगीले १५४, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका छोटी लाल थारुले १३८ मत ल्याएका थिए ।

त्यसैगरी नेकपा मालेका हरिप्रसाद डाँगीले १०३, मंगोल नेशनल पार्टीका घनश्याम चौधरीले ९०, नेपाल लोकतान्त्रिकका झरेन्द्रबहादुर खत्रीले २६ ,नेपाल मजदुर किसान पार्टीका सुरेश परियारले १५,राष्ट्रिय जनमुक्तीका धनराज विश्वकर्माले ११, वि पी कांग्रेस पार्टीका दिपककुमार धितालले २ र स्वतन्त्र टिकाराम आचार्यले ४ र गोविन्द केसीले २ मत प्राप्त गरेका थिए ।

दाङ क्षेत्र नं. ३ ‘ख’ मा ६८ हजार ७ सय १९ मतदातामध्ये ४५ हजार ७ सय १८ मत खसेको थियो । ७ सय ९७ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com