DSC_0479

नीति निमार्ण प्रक्रिया अर्थपूर्ण सहभागिता आवश्यक

सल्यान, १५ मंसिर । स्थानीय तहको नीति निमार्ण प्रक्रिया अर्थपूर्ण, सहभागीतात्मक र जनमुखी बनाउनुपर्नेमा कपुरकोटमा छलफल भएको छ । शुशासनमा नागरिक सहभागीता कार्यक्रम अन्तर्गत भएको छलफल कार्यक्रममा नागरिक समाजको पनि नीति निर्माण प्िरक्रयामा अर्थपूर्ण सहभागीता हुनुपर्ने र निर्माण भएका ऐन, नियमको कार्यान्वयनमा सबैको साथ हुनुपर्ने विषयमा छलफल भएको हो ।

DSC_0479कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष तथा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले हाल सम्म आफ्नो गाउँपालिकाले ३० वटा ऐन, कार्यविधि र निर्देशिका जारि गरेको जानकारी गराए ।

उनले सडक, भवन निर्माणदेखि कुनै समूहलाई अनुदान दिनका लागि समेत कानुन आवश्यक पर्ने जनाउँदै नागरिकलाई सहज तरिकाले सेवा सुविधा प्रदान गर्न आफुहरुले विभिन्न ऐन निर्माण गरेको जनाए । आगामी हिउदे सभाबाट केहि ऐन तथा कार्यविधि ल्याउने तयारिमा रहेको समेत अध्यक्ष सेनले जानकारी दिए । ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com