pakrau

१३ लाख भारतीय मुद्रासहित एक जना पक्राउ

इन्द्रेणी संवाददाता
दाङ, १५ मंसिर । दाङ प्रहरीले १३ लाख ९१ हजार १ सय ७० रुपैयाँ भारतीय रुपैयाँसहित एक जनलाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. १२ रतनपुर टिकरीस्थित विशाल भन्ने गोकर्णबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो ।

pakrauउनीबाट प्रहरीले ७७ हजार रुपैयाँ नेपाली रुपैयाँमा सटाइएको रकम पनि बरामद गरेको छ । विकले भारतको हरियाना राज्यको चरसीदादरी जिल्लास्थित घरेलु कामकाज गर्न वस्ने क्रममा सोही घरबाट चोरी गरी ल्याएको खुल्न आएको छ । विकमाथि प्रहरीले थप अनुसन्धान अघि वढाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com