Bidha

कास्की २ मा विद्याको अग्रता

पोखरा, १५ मंसिर । मंसिर १४ गते भएको उपनिर्वाचन अन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि भएको कास्की–२ को मतगणना आइतबार बिहानबाट शुरु गरिएको छ ।

matbibarad प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । प्रारम्भिक मतपरिणाममा नेकपाकी उम्मेदवार विद्या भट्टराईले अग्रता कायम गरेकी छिन्।
भट्टराईले ३२७६ मत पाएकी छिन् । नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले २११५ मत प्राप्त गरेका छन् ।

समाजवादी पार्टीका धर्मराज गुरुङले ९५, राप्रपाका सोमबहादुर भण्डारीले ४७, साझा पार्टीकी रजनी केसीले ३२ मत पाएकी छिन्। राति पौने २ बाट मतगणना सुरु गरिएको हो। भण्डारी हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रविन्द्र अधिकारीकी धर्मपन्ती हुन् ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com