rangasala 1

सागको उद्घाटन आज

काठमाडौँ, १५ मङ्सिर । खेलकुद विश्वलाई एकजुट पार्ने सबभन्दा सजिलो माध्यम हो भनिन्छ । त्यसैले त ब्यारोन पियरे डी कुबर्टिनले विश्वलाई एकै थलोमा अनुभव गर्ने सपना आधुनिक ओलम्पिकमार्फत साकार गरे जुन खेलकुद निकै प्रभावकारी बन्यो र त्यसपछि क्षेत्रीय खेलकुदहरू हुन थाले ।

rangasala 1दक्षिणपूर्वी एसिया र पश्चिम एसियाका आआफ्नै क्षेत्रीय खेलकुद प्रतियोगिता छन् । यही स्वरूपमा दक्षिण एसियाका सात राष्ट्रबीच दक्षिण एसियाली खेलकुद प्रतियोगिता हुने गर्छ ।

दक्षिण एसियाका सात राष्ट्रको खेलकुद जमघट रहने सोही दक्षिण एसियाली खेलकुद (साग) को १३औँ संस्करण नेपालको काठमाडौँ, पोखरा र जनकपुरमा आइतबार सुरु हुँदै छ । यस खेलकुद मेला सुरु भएको खुसी साट्न आइतबार साँझ तीन घण्टा १४ मिनेटको उद्घाटन समारोह हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्दै १३औँ साग सुरु भएको घोषणा गर्ने छन् गोरखापत्रमा खबर छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com