Tara dc

घोराही १६ मा कांग्रेसका उम्मेदवार डाँगी विजयी

इन्द्रेणी संवाददाता
दाङ, १५ मंसिर । घोराही उपमहानगरपालिका वडा नं. १६ को वडाध्याक्षका लागि भएको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगी विजयी भएका छन् । उनले १ हजार २ सय १८ मल ल्याएर विजयी भएका हुन् ।

Tara dcउनका प्रतिद्धन्दी नेकपाका सुरेशबहादुर केसी ‘प्रताप’ ले १ हजार १ सय १७ मल ल्याएका थिए । त्यसैगरी नेकपाकै वागी उम्मेदवार जगतलाल चौधरीले ७२० मत ल्याएका थिए ।

त्यसैगरी संघीय समाजवादीकी विमला पुनले ३१, राप्रपाका प्रकाश केसीले १९, नेशनल मंगोलका पहलमान आलेले ३० र स्वतन्त्र उम्मेदवार समीर वलीले २३ मत प्राप्त गरेका थिए । कुल सखेको ३ हजार २ सय २६ मतमध्ये ६८ मल वदर भएको थियो ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com