28072016100147Pushpa_Kamal_Dahal_Prachanda_01-1000x0-848x478

प्रचण्डलाई चिनियाँ राष्ट्रपतिको निम्तो

काठमाडौं, १४ मंसिर । नेपाल कम्य्निष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीनको औपचारिक भ्रमणमा जाने भएका छन् । उनी २४ मंसिरमा नेकपाका चार दर्जनभन्दा बढी नेता कार्यकर्तासहित चीन जाने तयारी छ ।

28072016100147Pushpa_Kamal_Dahal_Prachanda_01-1000x0-848x478नेपाल चाइना मिडिया फोरमले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले राष्ट्रपति सी जिनपिङको आग्रह र निमन्त्रणामा चीन जान लागेको बताए । सीसँग आठपटक भेटवार्ता भइसकेको र एकअर्कालाई राम्ररी बुझेको उनको भनाइ थियो ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com