दाङ, १४ मंसिर । विभिन्न रिक्त पदका लागि हुन लागेको उपनिर्वाचनको मतदान शुरु भएको छ । देशका विभिन्न क्षेत्रमा कुल ५२ पदका लागि मतदाताहरूले मतदान चलिरहेको छ ।
निर्वाचन आयोगले तोके अनुसार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको कार्यक्रम रहेको छ । दाङमा पनि निर्वाचन क्षेत्र नं. ३ ‘ख’ मा प्रदेश सभा सदस्य र घोराही उपमहानगरपालिका वडा नं. १६ मा वडा अध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।