bheri babai

भेरी–बबई आयोजना जलविद्युत् मोडलमा

काठमाडौं । भेरी–बबई बहुद्देश्यीय डाइभर्सन आयोजना अन्तर्गतको जलविद्युत् आयोजना कम्पनी मोडलमा निर्माण हुने टुंगो लागेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको अध्यक्षतामा बिहीवार बसेको बैठकले ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत पब्लिक शेयरसहितको कम्पनीमार्फत आयोजना बनाउने निर्णय गरेको हो ।

bheri babaiआयोजनामा तीन तहका सरकारको गरी कुल ५१ प्रतिशत र स्थानीय लगायत अन्य नागरिकको ४९ प्रतिशत हुने गरी शेयरको ढाँचा तय भएको छ । तीन तहका सरकारमध्ये केन्द्र सरकारको २६, प्रदेश सरकारको २० र स्थानीय सरकारको ५ प्रतिशत लगानी हुनेछ । त्यसैगरी, बाँकी ४९ प्रतिशतमध्ये १० प्रतिशत कर्णाली प्रदेशका नागरिकको, १० प्रतिशत प्रभावित क्षेत्रका नागरिकको र बाँकी २९ प्रतिशत सर्वसाधारणमा शेयर बाँडिने आयोजनाका परियोजना निर्देशक सञ्जीव बरालले जानकारी दिए ।

यससँगै करीब ४७ मेगावाटको उक्त आयोजना निर्माणको जिम्मा कसले लिने भन्ने विषय टुंगिएको छ । आयोजना भेरी नदीको पानी बबई नदीमा खसाली बाँके र बर्दियाका ५१ हजार हेक्टर जमीनमा सिँचाइ गर्ने उद्देश्यले अघि बढाइएको हो । पानीको स्थानान्तरणका क्रममा विद्युत् पनि निकाल्न सकिने भेटिएपछि उक्त कार्यको जिम्मा कसलाई दिने भन्ने सम्बन्धमा लामो समय विवाद चलेको थियो । भेरी नदीको पानीलाई सुर्खेतको चिप्लेमा बाँध निर्माण गरी सुरुङबाट स्थानान्तरण गरिने र हात्तीखालमा विद्युत्गृह बनाई बबईमा झार्ने योजना छ ।

सिँचाइका लागि बाँधिएकै बाँध र बनाइएकै सुरुङ प्रयोग गरी जलविद्युत् निकालिने हुँदा स्वयं सरकारबाहेक अरूलाई पनि बनाउन दिने हो भने कुन ढाँचामा दायित्व र अधिकार दिने भन्ने कुराको टुंगो लाग्न सकेको थिएन ।

तर, बिहीवारको बैठकले कम्पनी मोडलमा सरकारको संस्थापक शेयरमा जलविद्युत् आयोजना विकास गर्ने टुंगो लागेको बैठकका सहभागी एवम् जलविद्युत् लगानी तथा विकास कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले बताए ।

‘भेरी–बबई बहुद्देश्यीय आयोजना अन्तर्गतको जलविद्युत् आयोजना यसअघि कम्पनी मोडलमा पनि जान सकिन्छ भन्ने सम्भावना निकालिएको थियो,’ पोखरेलले भने, ‘आज ९बिहीवार०को बैठकले चाहिँ संस्थापक शेयर ५१ प्रतिशत र पब्लिक शेयर ४९ प्रतिशत रहने गरी कम्पनी मोडलमै जाने निर्णय गरेको छ ।’

१२ दशमलव २० किलोमीटर लामो सुरुङ निर्माण सकिएको बहुद्देश्यीय आयोजनाको हेडवक्र्सको काम भइरहेको छ । यसबाहेक विद्युत्गृहका साथै अन्य काम पनि अघि बढिरहेको आयोजना निर्देशक बरालले जानकारी दिए ।

आयोजनाको हेडवर्क्स, सर्ज साफ्ट, पेनस्टक र विद्युत्गृह निर्माणको काम गत साउनमा रमण कन्स्ट्रक्शन र चीनको क्वाङ्डोङ–युआन्टियन कम्पनीसँगको संयुक्त उपक्रमलाई जिम्मा दिइएको छ । ठेकेदार कम्पनी र आयोजनाबीच ६ अर्ब १६ करोड रुपैयाँमा काम सम्पन्न गर्ने सम्झौता भएको छ आर्थिक अभियान दैनिकमा खबर छ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com