20191020_151238

आलम जेल चलान

काठमाडौं, २९ कार्थिक । रौतहट वम काण्डपछि घाइतेहरुलाई जिउदै इट्टाभटामा जलाएर निर्मम हत्या गरेको खारोपमा पक्राउ परेका पूर्वमन्त्री आफताब आलमलाई जिल्ला अदालत, रौतहटले पूर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको छ ।

20191020_151238रौतहटको फरदवामा बाह्र वर्ष अगाडि भएको घटनाको बम विष्फोट, कत्र्तब्य ज्यान र ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा आलमलाई पूर्पक्षको लागि कारागार चलान गर्न आदेश गरेको जिल्ला अदालत रौतहट स्रोतले जनाएको छ । अदालतको आदेशमा मिसिलसँग संलग्न प्रमाणबाट प्रारम्भिक रुपमा आलमको संलग्नता देखिएको भनिएको छ ।

जिल्ला अदालत, रौतहटका न्यायाधीश दीपक ढकालको एकल इजलासले मुलुकी फौज्दारी कार्यविधि संहिता, २०७४ को ६७(१) ख बमोजिम गर्न आदेश गरेको हो । उक्त दफाले तीन वर्ष बढी सजाय हुन सक्ने मुद्दामा थुनामा राखेर मुद्दाको बाँकी कार्य अगाडि बढाउने व्यवस्था गरेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले गत् कात्तिक १८ गते आलमसहित ११ जनामाथि सजायको माग दाबी लिई जिल्ला अदालत रौतहटमा मुद्दा दत्र्ता गरेको थियो । करीब दुई सातासम्म चलेको मुद्दाको थुनछेक बहस शुक्रबार सम्पन्न भएपछि न्यायधिश ढकालले प्रतिवादी आलम र वादी तर्फका श्रीनारायण सिंहलाई आ आफ्नो कुरा राख्न समय दिएको थियो ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com