shilpa-and-chhabi

शिल्पा पोख्रेल अदालतमा पुगेपछि यस्तो गर्‍यो अदालतले निर्णय

शिल्पा पोखरेल साधारण तारेखमा रिहा भएकी छन् ।  बहुविवाह मुद्धामा काठमाडाैं जिल्ला अदालतले नायिका पोखरेललाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो ।

निर्माता छवीराज ओझासँग सम्बन्ध विच्छेदको मुद्धामा ओझाकी जेठी पत्नी हिमाले बहुविवाह गरेको भन्दै अदालतमा मुद्धा दायर गरेपछि नायिका पोखरेललाई अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । तर, उनी पुनरावेदन गर्न उच्च अदालत हुँदै सर्वोच्च पुगेपनि जिल्ला अदालत काठमाडाैंको फैसलालाई सदर गरिदिएपछि उनी फरार थिइन् ।

आज अदालतमा सुटुक्क हाजिर भएकी पोखरेललाई न्यायाधीश मुकेश उपाध्यायको इजलासले साधारण तारेखामा छाड्ने आदेश दिएको अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठले जनाएका छन् ।

हिमा ओझाले दिएको बहुविवाहको उजुरीमाथि महिला सेल, कालिमाटीले अनुसन्धान गर्ने क्रममा निर्माता छवि ओझा र पोखरेलविरुद्ध ८ साउनमा पक्राउ पूर्जी जारी भएको थियो ।

निर्माता ओझा भने अहिलेसम्म अदालत उपस्थित भएका छैनन् ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com