aaa

मत माग्दै घरदैलोमा व्यस्त प्रताप

घोराही, २९ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार सुरेशबहादुर केसी (प्रताप) ले जनयुद्धका गोलीका छर्रा बोकेर मतदाताको घरदैलो पुगेका छन् । आगामी मंसिर १४ गते हुने उपनिर्बाचनमा घोराही १६ को वडाध्यक्ष पदका उम्मेदवार केसीले छर्रा बोकेर मतदाताको घरमा घरदैलो गरिरहेका छन् ।

aaaनेकपाको तर्फबाट उम्मेदवार बन्नुभएका प्रतापले आफ्नो पक्षमा मत पार्नका लागि चुनाबी प्रचारलाई निकै मसिनो गरी रहेका छन् ।
निर्बाचन परिचालन कमिटीको बैठक मार्फत् विभिन्न टोलस्तरका प्रचार समिति गठन समेत भएको अबस्थामा उम्मेदवार सहितको टोली पनि टोल टोलमा पुग्न सुरु गरेको छ ।

नेकपाका वडाध्यक्ष गजेन्द्रसिंह खड्का, सचिब दउमन दमाईसहित स्थानीय कार्यकर्ताहरुले उम्मेदवार प्रतापलाई जिल्ला, प्रदेश र केन्द्रीय सदस्यहरुले प्रचारमा साथ रहेको छ । उम्मेदवार केसीले आफु पार्टीको सिपाही भएको प्रतिक्रिया दिदै निर्बाचनमा आफुलाई जनताले साथ दिने बताए ।

घोराही १६ मा रहेका विभिन्न ३७ टोलहरुमा सम्पर्क कार्यालय स्थापना गरेर उम्मेदवार प्रतापले घरदैलो, भेटघाट, सभा जस्ता कार्यलाई दैनिक तीब्र बनाउनु भएको छ । गएको कार्तिक २७ गते पार्टीका तर्फबाट आधिकारिक रुपमा उम्मेदवारी दर्ता गरेपछि यस्ता कार्यलाई जारी राखेका छन् ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com