ato

दाङमा ७५ % अटो रिक्सा चालकसँग छैन लाइसेन्स

दाङ, २९ कार्तिक । दाङमा अटो रिक्सा चलाउने झण्डै ७५ प्रतिशत चालकसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नै नभएको पाइएको छ । जिल्लाका प्रमुख शहर घोराही, तुलसीपुर, लमही, भालुवाङ, नारायणपुर लगायत क्षेत्रमा चल्ने अटो रिक्साका अधिकांश चालकसँग चालक अनुमतिपत्र नभएको जिल्ला ट्राफिक कार्यालय, दाङले बताएको छ ।

atoअधिकांश चालकले अनुमतिपत्रविना नै अटो रिक्सा चलाउने गरेको भन्दै यातायात व्यवस्था कार्यालय र जिल्ला ट्राफिक कार्यालयले नियमनमा कडाइ गरेको छ । बजार क्षेत्रमा अटो रिक्साको कारण सबैभन्दा बढी सवारी दुर्घटना भएको भन्दै लाइसेन्सविना रिक्सा चलाउन रोक लगाएको छ ।

घोराहीमा वसेको सर्वपक्षीय बैठकले अटो रिक्सा चालकले अनिवार्य रूपमा लाइसेन्स लिएको हुनुपर्ने र यातायात व्यवस्था कार्यालयमा दर्ता गर्नुपर्ने निर्णय गरेको छ । ‘लाइसेन्स विना र दर्ता नभएका अटो रिक्सा चलाउन पूर्णरूपमा रोक लगाइएको छ,’ जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रेमप रेग्मीले भने ।

अटो रिक्सा चालकहरूलाई लाइसेन्स लिने प्रक्रिया सहज बनाउन प्रत्येक साताको आइतवारदेखि बुधवारसम्म फाराम खुला गरिएको यातायात व्यवस्था कार्यालय, तुलसीपुरका प्रमुख मित्रलाल ढकालले जानकारी दिएका छन् ।

लाइसेन्सविना सञ्चालन भएका अटो रिक्साहरू ट्राफिक प्रहरीले धमाधम नियन्त्रणमा लिन थालेपछि चालकहरूले फाराम भर्ने क्रम बढेको छ । लाइसेन्स नभएका दर्जनौं अटो रिक्साका चालकलाई आवश्यक कारबाही गरिर्एको ट्राफिक प्रहरीले बताएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com