cpu

सीमा विवाद समाधान गर्न भारतसँग उच्चस्तरीय वार्ता गरिने

काठमाडौँ, २४ कार्तिक । कालापानी र लिपुलेकलाई समेटेर भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि त्यो समस्या सामाधान गर्न सरकारले भारतसँग उच्चस्तरको वार्ता गर्ने छ । शनिवार सम्पन्न सर्वक्षीय बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

cpuबैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय बैठकबाट प्राप्त बलियो राष्ट्रिय सहमतिका आधारमा कालापानीको विषयमा भारत सरकारसँग उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक वार्ता गर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले कालापानीको विषयमा सुझाव लिन सङ्घीय संसद्मा रहेका दलहरूका नेता, पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, विषयविज्ञहरूको सर्वपक्षीय बैठक शनिबार बोलाएका थिए । बैठकमा सहभागी अधिकांश नेताहरूले उच्चस्तरको राजनीतिक तथा कूटनीतिक पहलबाट कालापानी समस्याको निकास खोजिनुपर्ने सुझाव राख्नुभएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com