cpu

सीमा विवादबारे छलफल गर्न सर्वपक्षीय बैठक शुरु

काठमाडौँ, २३ कार्तिक । कालापानीसहितलाई आफ्नो क्षेत्रमा पारेर भारतले राजनीतिक नक्सा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय बोलाएका छन् । बैठक सुरु भएको छ ।

cpuप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कालापानी क्षेत्रमा पर्ने लिम्पियाधुरा, लिपुलेकका विषयमा पछिल्ला दिनमा देखिएका सीमा विवादबारे परामर्श गर्न शुरु गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले कालापानीका विषयमा परामर्श गर्न प्रधानमन्त्री ओलीले बालुवाटारमा शनिबार अपराह्न ४ बजेका लागि सर्वपक्षीय बैठक बोलाएका हुन् ।

बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित पूर्वपरराष्ट्र मन्त्रीहरु, पूर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, माधव कुमार नेपाल, झलनाथ खनालको उपस्थिति रहेको छ ।

त्यस्तै बैठकमा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र महेन्द्र यादब, पूर्व परराष्ट्रमन्त्री कमल थापा, भेषबहादुर थापा, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वांग लगायतको उपस्थिति रहेको छ । सर्वपक्षीय बैठकमा रमेशनाथ पाण्डे, प्रकाश चन्द्र लोहनी, भैरव रिसाल, प्रेम सुवाल लगायतका नेताहरुको उपस्थिति रहेको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com