dilmaya pun 1

आर्थिक अभावमा मृगौला प्रत्यारोपनमा समस्या

घोराही, २३ कार्तिक । बंगलाचुली गाउँपालिका ८ झिगा निबासी ३३ बर्षीया दिलमाया पुन मगरले उपचारमा सहयोग गर्न अपिल गरेकी छन् । दुबै मृगौलाले काम गर्न छोडेपछि भक्तपुरको मानब अंग प्रत्यारोपण अस्पतालमा उपचार गराइरहनु भएकी पुनले उपचारमा सहयोग गर्न अपिल गरेकी हुन् ।

dilmaya pun 1उपचारमा ११ लाख रुपैयाँ खर्च भएको भन्दै पुनले आर्थिक अभावमा उपचार समस्या भएको बताए । माघ महिनादेखि मृगौलाको डाइलासिस गराई रहेको श्रीमान खिमानसिंह पुन मगरले जानकारी दिए ।

मृगौला प्रत्यारोपणका लागि १० लाख खर्च हुने भन्दै आर्थिक सहयोग गरीदिन खिमानसिंहले सबैमा अनुरोध समेत गरे । यसैबीच नेपाल मगर संघ दाङले ५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । संघका अध्यक्ष खलुप्रसाद पुन मगरले खिमानसिंहलाई रकम हस्तान्तरण गरे ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com