afaf

गो ब्याक इण्डिया : विद्यार्थीले घेरे भारतीय दूतावास

काठमाडौं, २२ कार्तिक । भारतले नेपालको नालापानी, लिपुलेक, लिम्पियाधुरालगायतलाई आफ्नो क्षेत्रमा समावेस गरी नयाँ नक्सा सार्वजनिक गरेपछि यसको विरोधमा चर्काे आलोभना भइरहेको छ ।

afafयसको विरुद्ध देशका विभिन्न स्थानमा विरोध प्रदर्शन समेत भएका छन् । सोही क्रममा आज सत्तारूढ दल नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले आज काठमाडौं लैनचौरमा रहेको नेपालीस्थित भारतीय दुतावास् घेराउ गरेको छ । विद्यार्थीहरुले भारतीय दुतावास अगाडि चर्को नाराबाजीसहित एक घण्टा धर्ना दिएका थिए ।

सो क्रममा उनीहरुले धर्ना कार्यक्रममा प्रदर्शनकारीहरुले भारतीय विस्तारवाद मुर्दावाद, कालापानी ,लिम्पियाधुरा, लिपुलेक हाम्रो हो, गो ब्याक इण्डिया जस्ता चर्का नारा लगाएका थिए। आन्दोलनरत अनेरास्ववियुले २४ गते परराष्ट्रमन्त्री र २५ गते नेपाल स्थित संयुक्त राष्ट्रसंघको कार्यालयलाई ध्यानाकर्षण पत्र दिने कार्यक्रम रहेको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com