20191020_085623

आलमलाई थुनामा राखेर अनुसन्धान गर्न माग

गौर, २२ कार्तिक । रौतहट बम विस्फोटमा घाइते भएकाहरुलाई इँटाभट्टामा जिउँदै जलाएरको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री आफताब आलमलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न माग गरिएको छ ।

20191020_085623रौतहट जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासमा बिहीबार बहस गर्दै सरकारी वकिलहरूले यस्तो माग गरेका हुन् ।मिसिल संलग्न प्रमाण कागजातले आलमकै प्रत्यक्ष निर्देशन र संलग्नतामा विस्फोटक पदार्थ बमसमेत प्रयोग गरी ज्यान मार्ने उद्योग र कर्तव्य ज्यान जस्तो जघन्य कसुर अपराध भएको आरोप लगाउँदै सरकारी वकिलहरूले मुद्दाको पुर्पक्षको सिलसिलामा आलमलाई थुनामा राख्न माग गरेका छन् ।

संविधान सभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते आलमका काका इद्रिसको गोठघरमा बम बनाउँदै गर्दा विस्फोट भएको र त्यसमा सख्त घाइते भएका सरुअठाका पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र ओसी अख्तर लगायतका व्यक्तिलाई भाइ महताब आलमको ट्याक्टरमा ओसारेर नजिकै रहेको आफन्तको इँटाभट्टामा जिउँदै जलाएर मारेको आरोप छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com