DSC_1091

घोराही १४ नम्बर वडामा लागुऔषध प्रयोगकर्तालाई निषेध

दाङ, २१ कार्तिक । घोराही उपमहानगरपालिका वडा नं. १४ मा लागु औषध प्रयोग गरी हिड्डुल गर्न नपाइने भएको छ । कुनै व्यक्तिले लागुऔषध सेवन गरी हिड्डुल गरेको पाइए नयाँ बजार शहरी स्वास्थ्य केन्द्रमा स्वास्थ्य परीक्षण गरी कारवाही गर्ने वताएको छ ।

DSC_1091लागुऔषध सेवनविरुद्ध स्वास्थ्य परीक्षण कार्यक्रमको उद्घाटन गर्दै वडा कार्यालयले यस्तो जानकारी गराएको हो । उद्घाटन कार्याक्रममा बोल्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले घोराहीलाई लागुऔषध दुर्वेसनीमुक्त गर्नका लागि अभियान संचालन गरेको वताए । चौधरी पछिल्लो समय अधिकासं युवा युवती लागुऔषध दर्वेसनमा फसेका कारण उनीहरुको सामाजिक,शैक्षिक बिकास र समाजमा विभिन्न आपराधिक घटना बढ्दै गएको वताउँदै त्यसको अन्त्य गर्न आफुहरु लागेको बताए ।

वडा नं.१४ का अध्यक्ष शक्तिराम डाँगीले लागुऔषध प्रयोग गरेको पाइए तीन पुस्ते नाम सार्वजनिक गरिने वताए । कार्यक्रममा नगर स्वास्थ्य प्रमुख नारायण घर्ती लागयत आफ्नो विचार राखेका थिए ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com