knife-blood

सासुको धारिलो हतियार प्रहारबाट ज्वाइ गम्भीर घाइते

इन्द्रेणी संवाददाता
दाङ, २१ कार्तिक । दाङमा एक सासु आमाले आफ्नै ज्वाइलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएकी छन् । दाङको शान्तिनगर वस्ने ३१ वर्षका गणेश चन्द र उनकी श्रीमती २२ वर्षिया सरस्वती मल्लबीच झगडा पर्दा छोरीलाई कुटपिट गरेको भन्दै सासुआमा मधुकुमारी मल्लले ज्वाइ गणेशलाई धारिलो हतियार प्रहार गरेकी हुन् ।

knife-bloodघोराही ८ घर भइ हाल नारायणपुर बस्ने मधुले माइतीमा आएका ज्वाइ र छोरीबीच झगडा पर्दा ज्वाइमाथि प्रहार गरेकी प्रहरीले जनाएको छ । सासुको धारिलो हरियार प्रहारबाट घाइते गणेशलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । श्रीमान श्रीमतीको झगडामा सामान्य घाइते भएकी सरस्वतीको भने घोराहीमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com