photo

दाङमा नेकपाकी ओली र कांग्रेसका शर्माको उम्मेदवारी

इन्द्रेणी संवाददाता
दाङ, २१ कार्तिक । मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि दाङ क्षेत्र न. ३ ‘ख’ बाट सत्तारुढ दल नेकपाको तर्फबाट विमला ओलीले उम्मेदवारी दर्ता गराएकी छन् । त्यस्तै काग्रेसको तर्फबाट केशव आचार्यले उम्मेदवारी दर्ता गराएका छन् ।

photoदुबै जनाले निर्वाचन आयोगले मनोनयन दर्ताका लागि आज तोकिएको समयमा घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । ओली सडक दुर्घटनामा परेका प्रदेश सभा सदस्य उत्तरकुमार ओलीकी धर्मपत्नी हुन भने आचार्य त्यस क्षेत्रका कांग्रेसका पुराना नेता हुन् । त्यस्तै मालेको तर्फबाट हरिबहादुर डाँगीले पनि उम्मेदवारी दिएका छन् । यस प्रदेश सभा सदस्यका लागि मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com