election-in-nepal

उपनिर्वाचनको उम्मेदवारी दर्ता आज

इन्द्रेणी संवाददाता
दाङ, २१ कार्तिक । मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुदैछ । आज विहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्बन्धित जिल्लामा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउने छन् ।

election-in-nepalदाङमा पनि निर्वाचन क्षेत्र नं. ३ ‘ख’ मा प्रदेश सभा सदस्यका लागि निर्वाचन हुँदैछ । जसका लागि नेकपाले सडक दुर्घटनामा निधन भएका उत्तरकुमार वलीका धर्मपत्नी विमला वलीलाई चुनावी मैदानमा उतारेको छ भने नेपाली कांग्रेसले केशव आचार्यलाई उम्मेदवारको टिकट दिएको छ ।

यसैगरी दाङकै घोराही उपमहानगरपालिका १६ मा पनि स्थानीय जनप्रतिनिधि (वडा अध्यक्ष) का लागि निर्वाचन हुँदैछ । जसमा काग्रेसबाट तारा डाँगीले टिकट पाएका छन् भने नेकपाले उम्मेदवारको अझै टुंगो लगाएको छैन । स्थानीय जनप्रतिनिधिको लागि भने कार्तिक २७ गतेमात्रै उम्मेदवारी दर्ता हुनेछ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com