aagalagi

आगलागीबाट २ लाखको क्षति

इन्द्रेणी संवाददाता
दाङ, २० कार्तिक । दाङमा ग्यास सिलिन्डर पट्कीएर आगलागी हुँदा २ लाखको क्षति भएको छ । लमही नगरपालिका ८ स्थित अमृत बोहराको भान्सामा रहेको ग्यास सिलिन्डर पट्कीदा यस्तो क्षति भएको हो ।

aagalagiआगलागीबाट आन्सा कोठा, बाख्रागोठ, नजिकैको पराल, लत्ताकपडा, अन्न, भाँडाकुडा आदि जलेको छ । गएराति करीव ७ बजेको समयमा लागेको आगो स्थानीयवासी, दमकल प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com