pm

यो सरकार पाँच वर्ष चल्छ : प्रचण्ड

इन्द्रेणी संवाददाता
दाङ, २० कार्तिक । नेपाल कम्युष्टि पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यो सरकार पाँच वर्ष चल्ने बताएका छन् । प्रेस संगठन दाङले आज विहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले जसले जे हल्ला फैलाएपनि यही सरकार पाँच वर्ष चल्ने बताएका हुन् ।

pmअर्का अध्यक्ष केपी शर्मा ओलीसँग अढाइ वर्ष÷अढाइ वर्षमा सरकारमा आलोपालो गर्ने सहमति भएको छ भन्छन् नि भन्ने पत्रकारहरुको प्रश्नमा अध्यक्ष प्रचण्डले भने, ‘हामीले राजनीतिक स्थायित्वका लागि यो सरकार बनाएका हौं, पाँच वर्ष यही सरकार चल्छ ।’

परिवर्तनमा दाङले खेलेको भूमिकाको स्मरण गर्दै प्रचण्डले यो जिल्लालाई संमृद्धि र विकासमा धेरै फड्को मारिसकेको उल्लेख गर्दै अझ विकास संमृद्धिका लागि गर्नुपर्ने काम धेरै रहेको बताए । उनले दाङ प्रदेश नम्बर ५ को सम्भावित राम्रो ठाउँ भएकाले प्रदेश राजधानीको लागि पनि सभावना भएको बताए । उनले प्रदेश ५ को महत्वपूर्ण जिल्ला बनाउन आफूले पहिले पनि पहल गरेको र अबका दिनहरुमा पनि पहल गर्ने बताए ।

निवर्तनमान सभामुख कृष्णबहादुर महराको विषयमा सञ्चारकर्मीहरुले उठाएको जिज्ञासामा महराले मोरल त्रुटि गरेको र त्यो विषय अहिले अदालती प्रक्रियामै रहेकाले राजीतिक ढंगबाट बोल्न नहुने बताए । ‘घटना क्रमलाई बुझदा महराजीले नैतिक मोरल त्रुटि गर्नुभएको देखिन्छ’, उनले भने, ‘अहिले यो विषय अदालती प्रक्रियामा छ स्वतन्त्र र निष्पक्ष रुपमा छानविन हुन्छ राजनीतिक ढंगबाट यसलाई हेरिनुहुदैन ।’

यसैबीच दाङ जिल्ला उद्योग वाणिज्य संघको टोलीले अध्यक्ष प्रचण्डलाई स्वागत गरेको थियो । अध्यक्ष रानारयण भुसाललगायतको टोलीले प्रचण्डलाई स्वागत गरेको थियो । प्रचण्ड आज तुलसीपुरमा हुन लागेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन दाङ आएका हुन् ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com