surung marg

सुरूङभित्र फसेका तीन जनाको शव भेटियो

बझाङ, १९ कार्तिक । बझाङको बुंगल नगरपालिकामा निर्माणाधिन कालंगा हाइड्रो प्रालिको सुरूङभित्र फसेका चार जनामध्ये तीन जना मजदुरको शव फेला परेको छ ।

surung margसशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट चार जना र दिपायलबाट पाँच जनाको विषेश टोलीसहित नौ जनाको उद्धार टोलीले सुरुङभित्र खोजतलास गर्दा तीन जनाको शव फेला पारेको हो ।

सुरुङभित्र पसेका चार जनामध्ये दैलेखको गुराँस गाउँपालिका ३ का ३२ वर्षीय महेन्द्र शाही, त्यही ठाउँका कर्ण शाही र अछामको तुर्माखाँद गाउँपालिका ६ का २८ वर्षीय महेन्द्र साउदको शव फेला परेको हो ।

बझाङ बुंगल नगरपालिका १ का ३५ वर्षीय शेरसिहँ धामी भने अझै बेपत्ता छन् । आइतबार दिउँसो सुरुङभित्र काम गर्न पसेका उनीहरु नफर्केपछि खोजी सुरु गरिएको थियो । वेपत्ताको खोजी कार्य जारी रहेको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com