Prachanda-dahal

दाङ आउँदै प्रचण्ड

घाेराही । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” कार्तिक २० गते दाङ आउने भएकाे छन । नेकपा दाङले तुलसीपुरमा आयाेजना गर्ने बृहत् कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन प्रचण्ड आउने नेकपा दाङका इञ्चार्ज जीवन गाैतमले जानकारी दिए ।

प्रचण्डसँगै पार्टी महासचिव विष्णु पाैडेल पनि आउने उनले जानकारी दिए । नेकपाले पार्टी एकता पछि अध्यक्षकाे सहभागीतामा पहिलाे पटक दाङमा बृहत् कार्यकर्ता प्रशिक्षण आयाेजना गर्दै छ ।

प्रशिक्षण पार्टी एकता, पार्टीकाे नीति बिचार, अासन्न उपनिर्वाचन लगायतका विषयमा केन्द्रित हुने गाैतमले जानकारी दिए ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com