hatya - 922

आफ्नै फूपुद्वारा तीन बर्षीय बालकको हत्या

नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ देउराली लामाटोलमा तीन वर्षीय सुजन रानामगरको हत्या भएको छ ।

रानामगरको घरमा कोही नभएको समयमा उनकै फूपु २८ वर्षीया पार्वती रानामगरले आज हत्या गरेको प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

पार्वतीको मानसिक सन्तुलन ठीक नभएको बताइएको छ । उनलाई  प्रहरीले पक्राउ गरेको छ । बालकको शव परीक्षणका लागि त्रिशूली जिल्ला अस्पताल लागिएको छ ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com