Pramod-Sah

विमानस्थलमा तोडफोड गर्ने सांसद साधारण तारेखमा छुटे

काठमाडौं, १ कार्तिक । विमान ढिलो भएको भन्दै जनकपुर विमानस्थलमा तोडफोड गर्ने प्रतिनिधिसभा सांसद प्रमोद साह साधारण तारेखमा रिहा भएका छन् । आज भएको थुनछेक बहसपछि जिल्ला अदालत धनुषाले उनलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो ।

Pramod-Sahजिल्ला अदालत धनुषाको इजलास नं ३ मा सांसद साह विरुद्धको मुद्दामा थुनछेक बहस भएको थियो । न्यायधिश तेजप्रसाद पौडेलको इजलासले सांसद साह विरुद्धको मुद्दामा साधारण तारेखमा रिहा गर्ने आदेश गरेको हो । साह सर्लाही निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com