IMG_2683

दाङमा पक्राउ परेका विप्लव समूहका २१ नेताबाट के-के हतियार बरामद भए

इन्द्रेणी संवाददाता
दाङ, १ कार्तिक । दाङमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेता कार्यकर्ताबाट प्रहरीले हतियार एवं महत्वपूर्ण दस्तावेजहरु वरामद गरेको छ । प्रहरीले पक्राउ परेका २१ जना नेता तथा कार्यकर्ताहरुबाट ६ थान पेस्तोल, त्यसमा लाग्ने गोली, नगद रकम, चन्दा उठाउन प्रयोग गरिने रसिदलगायत बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

IMG_2683उनीहरुबाट MADE IN USA लेखिएको पेस्तोल २ थान र त्यसमा लाग्ने गोली २÷२ राउण्ड, कटुवा पेस्तोल ४ थान, ३०३ राइफलको गोली ५ थान, सुतली वम १ थान, मोवाइल २४ थान, नगद रकम ३ लाख ८४ हजार ५ सय ३० रुपैयाँ, केन्द्रीय समितिको आठौं बैठकको राजनीतिक प्रस्ताव लेखिएको २५ पानाको ठेली ३ थान, नेपाल कम्युष्टि पार्टी परिपत्र र प्रेस विज्ञप्ति लेखिएको ४÷४ पानाको ठेली ६ थान, आर्थिक सहयोग गरिदिने भनी लेखिएको लेटर प्याड ३० थान, पार्टीको छाप १ थान वरामद गरेको छ ।

त्यस्तै विभिन्न राजनीतिक दर्शनका कितावहरु १३ थान, विभिन्न कपी तथा डायरीहरु १६ थान, दिपराज सेर्पाइलीको नामको ग्लोवल आइएमइको बैंक चेक २ थान, तिलक वहादुर गुरुङ र दिपक सेर्पाइलीको सयुक्त नाममा रहेको ग्लोवल आइएमइकै चेक २ थान र सामान वोक्ने झोलय २१ थान वरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएपी विनोद विक्रम शाहले जानकारी दिएका छन् ।

बुधवार राती करीव १ बजेको समयमा दाङको राजपुर गाउँपालिका ४ मुङ्ग्रेठामा बैठकस्थिलबाट पार्टीका पश्चिम कमाण्ड चन्द्रबहादुर चन्द –विप्लवका दाजु) सहित २१ जना नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले कमाण्डसहित राप्तीका जिल्ला इञ्चार्ज र नेता कार्याकर्तालाई पक्राउ गरेपनि विप्लव समूहलाई ठूलो धक्का पुगेको अनुमान गरिएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com