IMG_1807

चितुवाको छालासहित एक जना पक्राउ

इन्द्रेणी संवाददाता
दाङ, १४ असोज । दाङ प्रहरीले एक जनालाई चितुवाको छालासहित पक्राउ गरेको छ । पूर्वीरुकुम पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १४ वस्ने १९ वर्षका भिमप्रसाद विकलाई प्रहरीले पक्राउ गरेको हो ।

IMG_1807उनलाई असोज १३ गते तुलसीपुर ६ विद्युत कार्यालय अगाडिबाट झोलामा चितुवाको छालासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । विकमाथि प्रहरीले अनुसन्धान समेत शुरु गरेको बताएको छ ।

About indreni Newsdesk