Krishna bdr mahara

सभामुख महराले दिए राजीनामा

काठमाडौं, १४ आसोज । संघीय संसदका सभामुख कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएका छन् । महराले प्रतिनिधिसभाका उपसभामुख शिबमायाँ तुम्बाहाम्फेलाई आज मंगलबार राजिनामा बुझाएका हुन् ।

Krishna bdr maharaसंसद सचिवालयमा नै कार्यरत एक महिलाले सभामुख महराले आफूमाथि बलात्कारको प्रयास गरेको विषय सञ्चार माध्यम मार्फत सावर्जनिक भएपछि सो विषयमा अनुसन्धानमा सहजताका लागि राजिनामा दिएको बताइएको छ ।

महराद्धारा जारी विज्ञप्तिमा आफ्नो चरित्र हत्या गर्ने गरी हिजोदेखि केही सञ्चारमाध्यमहरुमा समाचार आएकाले सो घटनाको सत्य तथ्य छानविनका लागि सहयोग पुर्याउ छटना छानविन नसकिदासम्मका लागि पदबाट राजीनामा दिएको उल्लेख छ ।

यस अघि नेकपाको आज वसेको बैठकले समेत महरालाई पदबाट राजीनामा दिएर अनुसन्धानमा सघाउन सुझाव सहित निर्णय गरेको थियो ।

begepti

About indreni Newsdesk