cpu

नेकपाको बैठक : महरालाई पदबाट राजीनामा दिन सुझाव

काठमाडौं, १४ असोज । नेपाकको आज बसेको सचिवालय वैठकले सभामुख कृष्णबहादुर महराले सभामुख र संसद सदस्य पदबाट राजीनामा दिनुपर्ने निर्णण गरेको छ ।

cpuप्रधानमन्त्री निवास बालुबाटारमा बसेको बैठकले उनीमाथि लागेको आरोपका सन्दर्भमा सो निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
सभामुख महरालाई संसद सचिवालय मै कार्यरत एक महिला माथि बलात्कार प्रयासको अरोप लगाएकी छन् ।

प्रवक्ता श्रेष्ठका अनुसार महराको नैतिक आचरणका सम्बन्धमा सञ्चारमाध्यममा आएका समाचारहरुप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । बैठकले महराले सभामुख तथा प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएर छानविन प्रकृयालाई सघाउनुपर्ने निर्णय गरेको छ ।

About indreni Newsdesk