DSC_0270

दशै तिहार लगत्तै विजुली र खानेपानी

सल्यान । दशैँ तिहार लगतै कपुरकोट गाउँपालिकाको ४ नम्बर वडावासिले विद्युत र पिउने पानीको उपभोग गर्न पाउने गाउँपालिकाले जनाएको छ ।

DSC_0270आइतबार गाँडापानिमा आयोजित पौरानिक घटस्थपना मेलालाइ सम्बोधन गर्दै कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले विद्युतीकरण र खानेपानी योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले भने, ‘आज तपाईहरुले जेनेरेटर चलाएर कार्यक्रम संचालन गरिरहनुभएको छ, अर्काे वर्ष यहाँ विजुली वत्ती बल्ने छ, विद्युतबाटै काम हुने छ ।’

कपुरकोट ४ किमुचौरमा लिफ्ट सिस्टमको खानेपानी योजनाको काम अन्तीम चरणमा पुगेको र विद्युत विस्तारका लागी पनि टेण्डर आह्वान भइ ठेकेदारसंग सम्झौता भइसकेकाले दशै तिहार लगतै काम शुरु भइ दुई महिनामै योजना सम्पन्न हुने जानकारि दिए । घटस्थापना मेला ब्यवस्थापन समिती र थर्काेट मौलिक संस्कृती संरक्षण संस्थाको आयोजनामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले मौकि कला, रितिरिवाज र संस्कृती संरक्षणमा यस्ता मेला तथा कार्यक्रमले भुमिका खेल्नुपर्ने बताइन् ।

संस्थाका अध्यक्ष मंगलसिंह विकको अध्यक्षतामा भएको कार्यक्रममा तुलसिपुर उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष विर बहादुर विक विजय, कपुरकोट ४ का वडाध्यक्ष हरिलाल पुन लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रममा लोक दोहोरी गायक शक्ति चन्दले मौलिक प्रस्तुती राखेका थिए भने थर्काेट मौलिक संस्कृती संरक्षण संस्थाले सोरठी प्रस्तुत गरेको थियो ।

मित्रलाल कठायतको सहजिकरणमा भएको कार्यक्रममा भलिवल प्रतियोगितामा प्रथम हुने थ्रि स्टार क्लव कपुरकोट ३ पाखापानी, द्धितीय हुने युवा बहुमुखि क्लव त्रिवेणी ३ पिमखोला र तृतीय हुने आयोजक टिमलाइ पुरस्कृत गरिएको थियो । उनीहरुलाइ क्रमशः १२ हजार, १२ हजार ८ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

About indreni Newsdesk