CPN-Party-office

नेकपाको चियापन असोज २९ गते, एक लाखलाई निमन्त्रण

काठमाडौँ, १३ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले असोज २९ गते चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । दशैँ, दीपावली, छठ, नेपाल संवत्, इद, ल्होसारको उपलक्ष्यमा नेकपाले शुभकामना अदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको हो ।

CPN-Party-officeभृकुटीमण्डपमा आयोजना गरिने सो चियापान कार्यक्रममा एक लाखभन्दा बढीलाई निमन्त्रणा गर्ने तयारी भइरहेको नेकपाका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

चियापान कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, सर्वसाधारण, विभिन्न राजनीतिक दलका प्रतिनिधि, कूटनीति नियोगमा प्रतिनिधि, सवैधानिक अङ्गका प्रमुख, विभिन्न तहका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधिलगायतको सहभागिता रहने बताइएको छ ।

About indreni Newsdesk