dashain

आजदेखि दशैं शुरु

काठमाडौँ, १२ असोज । नेपालीको महान् चाड बडादशैँ आजबाट शुरु भएको छ । दशैको पहिलो दिन आज घटस्थापना अर्थात जमारा राख्ने दिन ।

dashainआज असोज शुक्ल प्रतिपदामा रातो माटोले लिपेर चोखो र शुद्ध पारिएको स्थानमा दियो, कलश र गणेश स्थापना गरी चिसो बालुवामा जौ छरेर जमरा राखी घटस्थापना गरिन्छ ।

आजकै दिनदेखिनवरात्र मेला पनि सुरु हुने भएकाले नौ दिन नै पायक परेका शक्तिपीठमा पूजाअर्चना, दुर्गा स्तोत्र र चण्डीपाठ पारायण गरेर दुर्गा भवानीको आराधना गरिन्छ ।

About indreni Newsdesk