feature0

राप्ती बिकास सहकारीको तेह्रौ साधारणसभा

घोराही, ११ असोज । राप्ती बिकास बचत तथा ऋण सहकारी सस्था घोराहीको तेह्रौँ बार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।
सहकारी सस्थाका अध्यक्ष धनीराम न्यौपानेको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंकका प्रबन्धक किरण केसीको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो ।

feature0बार्षिक साधारणसभा सस्थाका कोषाध्यक्ष नारायणप्रसाद पौडेलले आर्थिक आयब्यय तथा सचिब कुलराज चौधरीले सांगठिक प्रतिबेदन एवं लेखा समिति सदस्य खडानन्द खनालले लेखा प्रतिबेदन प्रस्तुत गरेका थिए ।

सस्थाका सदस्य तिलक पाण्डेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारी मार्फत् बचत गरी जीवनस्तर बदल्न सहयोग पुग्ने बताएका थिए । कार्यक्रममा असल बचतकर्ता छबिलाल चौधरी र नारायणप्रसाद भण्डारीलाई सम्मान गरिएको थियो ।

यस्तै अशल ऋणी तर्फ शान्ता नेपाली र कुमार चौधरीलाई सम्मान गरिएको थियो भने सेयर सदस्यलाई लाभांस बितरण गरिएको थियो ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com