teacher

तत्काल तलव खुवाउन माग

दाङ, ११ असोज । नेपाल शिक्षक संघ दाङले शिक्षकहरुलाई तत्काल तलव खुवाउन स्थानीय तहको ध्यानाकर्षण गराएको छ ।
संघले आज शनिवार एक बिज्ञप्ति निकाले दशै लगायत ठूला चाडपर्वको मुखमा शिक्षकहरुले तलव नपाएको भन्दै तत्काल तल खुवाउन स्थानीयतहसँग माग गरेको हो ।

teacherनेपाल शिक्षक संघ दाङका अध्यक्ष युवराज बस्नेत र सचिव प्रकाश रेग्मीले आज सम्युक्त बिज्ञप्ति निकालेर साउन यता शिक्षकहरुलाई तलव नखुवाएको भन्दै दाङका दश वटै स्थानीय तहलाई तत्काल शिक्षकका लागि तलवको ब्यवस्था गर्न आग्रह गरेका छन् ।

यसैबिच नेपाल शिक्षक संघ दाङले आज घोराहीमा एक कार्यक्रम गरी बिजया दशमी, शुभ दिपावली र छड पर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

संघका जिल्ला अध्यक्ष युवराज बस्नेतको अध्यक्षता एंव संघका ५ नं प्रदेश अध्यक्ष अर्जुनकुमार योगीको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा बोल्दै प्रमुख आतिथि योगीले संगठनलाई थप प्रभावकारी बनाउने गरी दाङ सहित ५ नं प्रदेशभर नै अभियानको शुरुवात गरिएको बताए ।
संगठनलाई थप प्रभावकारी बनाउन जिल्ला नेतृत्वले योजना बनाएर अघी बढ्नुपर्ने आवश्यकता उनले औल्याएका ।

About indreni Newsdesk