71053141_749196925607825_797580855705862144_n

दाङमा लिट्रेचर मिनि–फेस्टिभल हुने

दाङ, ११ असोज । दाङमा एक दिने लिट्रेचर मिनि–फेस्टिभल–२०७६ हुने भएको छ । उदाहरण समूह, नेपालको आयोजनामा यही असोज १८ गते फूलपातीको दिन दाङ लिट्रेचर मिनि–फेस्टिभल – २०७६ हुने समूहले बताएको छ ।

71053141_749196925607825_797580855705862144_n५ वर्षदेखि दाङ सहित साविक राप्तीका विभिन्न जिल्लाहरुमा साहित्य, संगीत र कलाको क्षेत्रमा काम गर्दै आएको उदाहरण समूह, नेपालले दशैको अवसर पारेर लिट्रेचर मिनि–फेस्टिभल – २०७६ गर्न थालेको समूहका अभियान्ता नवीन अभिलाषीले जानकारी दिए ।

आज शनिबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर उदाहरण समूहले दाङ र काठमाण्डौको विचमा देखिएको दुरी र खाडललाई केन्द्रमा राखेर बहस, अन्र्तक्रिया र साहित्यीक रचना बाचनका विभिन्न कार्यक्रमहरु हुने बताइएको छ ।

राप्तीको भूगोलबाट काठमाण्डौ र विभिन्न जिल्लामा बस्ने १५० बढी कवि, लेखक, पत्रकार, कलाकार, समालोचक, राजनीतिक ब्यक्तिहरु सहभागी हुने छन् । कार्यक्रम ३ सत्रमा सम्पन्न हुनेछ । डराईरहने दाङ, कराईरहने काठमाण्डौ,सुदुरका सञ्चारमा सिर्जना र गाउँ फर्किरहेका अक्षरहरु… शिर्षकका तीन सत्रमा आयोजना गरिने कार्यक्रममा दाङ सहित काठमाण्डौमा बसेर निरन्तर साहित्यको क्षेत्रमा काम गर्दै आएका ब्यक्तिहरु सहभागी हुने आयोजकले बताएको छ ।

डराईरहने दाङ, कराईरहने काठमाण्डौ नामक बहसमा पुर्वप्राज्ञ तथा बरिष्ठ समालोचक डा. अमर गिरी, कथाकार नविन विभाष र कवि विष्णु सन्यासको बहस हुने छ भने सुदुरका सञ्चारमा सिर्जना नामक बहसमा दाङका सञ्चार माध्यममा साहित्यको उपस्थितीका बारेमा चर्चा हुनेछ ।

राप्ती साहित्य परिषद्का बरिष्ठ उपाध्यक्ष टिकाराम उदासी, बाह्रखरीका साहित्य तथा कला सम्पादक लेनिन बन्जाडे र पत्रकार नरेन्द्र केसीको बहस हुने आयोजक उदाहरण समूह नेपालले बताएको छ । तेस्रो सत्रमा राप्तीको भूगोलमा जन्मिएर दशै मान्न गाउँ फर्किएका कवि तथा साहित्यकारहरुको रचना बाचन कार्यक्रम रहेको छ । गाउँ फर्किरहेका अक्षरहरु… शिर्षकको सत्रमा करिब दर्जन कविहरुले रचना बाचन गर्ने उदाहरण समूहका घनश्याम अस्तित्वले बताए ।

About indreni Newsdesk