yamah

भोलीदेखि दाङमा यमाहाको मेघा एक्सचेन्ज महोत्सव

इन्द्रेणी संवाददाता
दाङ, ११ असोज । दाङमा आइतवारदेखि यमाहा मोटरसाइकलको मेघा एक्सचेन्ज महोत्सव शुरु हुने भएको छ । घोराहीको कर्मचारी मिलन केन्द्रमा असोज १५ गतेसम्मका लागि महोत्सव सञ्चालन हुने घोराहीका लागि आधिकारिक विक्रेता श्रेष्ठ अटोमोवाइलका सञ्चालक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

yamahमहोत्सवमा यमाहाका विभिन्न १४ मोडलका मोटरसाइकल विक्रीमा राखिनेछन् भने ती मोटरसाइकलको विक्री मूल्यमा विशेष छुटको दिइने छ । साथै महोत्सवमा जुनसुकै कम्पनीका मोटरसाइकल व्लूवुकसहित उपलब्ध भएमा तीनको ३० हजार मूल्याङ्कन हुने र सो मूल्यमा १५ हजार थप गरेर यमाहसँग एक्सचेन्ज गरिने श्रेष्ठले बताए । महोत्सवमा १ लाखको भाग्यशाली उपमहार पनि रहेको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com