71064659_2348457802086231_6112243550362009600_n

आधा घण्टामै मन छुने कविता…….

दाङ । शुक्रबार घोराही स्थित राप्ती साहित्य परिषद्को सभाहलमा साना साना विद्यार्थीहरु भेला भए ।

71064659_2348457802086231_6112243550362009600_nएकै छिनमा उनीहरुको हातमा कापी र कमल प¥यो । त्यो संगै तीन वटा शिर्षक । म एक देशभक्त, बनौँ स्वावलम्वी र वाताबरण । यी तीन शिर्षक मध्य आफुलाई मन परेको एक शिर्षकमा उनीहरुले कविता लेख्न सुरु गरे । आधा घण्टाकै विचमा उनीहरुले सुन्दर सुन्दर कविताहरु तयार पारे । र सुनाए पनि ।

राप्ती साहित्य परिषद्का केन्द्रिय अध्यक्ष पुरुषोत्तम खनालले परिषदमा स्थापना गरेकीे निमादेवि खनाल स्मृति बाल प्रतिभा पुरस्कारका लागि आयोजना गरिएको कार्यक्रममा सहभागी भएका साना साना विद्यार्थीहरुले सहभागीता जनाए ।

ठाउँको ठाउँ कविता लेखेर दिपशिखा आवासीय मावि घोराहीकी एन्जीलिना डाँगी प्रथम भईन् भने माउण्ट भ्यूका अतिशा पोख्रेल द्धितिय भईन् । नारायणपुर स्थित पशुपति विद्याश्रमकी अनिता वली तृतिय भईन् भने माउण्ट भ्यूका सिद्धान्त अधिकारीले सान्त्वना स्थान प्राप्त गरे ।

लामो समय देखि बार्षिक रुपमा सञ्चालन हुँदै आएको यो प्रतियोगितामा अहिलेसम्म धेरैले भाग लिएर कविता लेखेको छन् । ‘साहित्यप्रति बालबालिकाहरुको क्षमता पहिचान र प्रतिभाहरुलाई अगाडी ल्याउनका लागि यस्तो कार्यक्रमको आयोजना गरिएको हो ।’ पुरस्कार संस्थापक तथा राप्ती साहित्य परिषद्का अध्यक्ष खनालले भने, ‘प्रत्येक वर्ष घोराही, तुलसीपुर र लमहीमा हामीले बालबालिकाहरुलाई भेला गरेर कविता प्रतियोगिता आयोजना गछौँ ।’ कविता प्रतियोगितामा सहभागी भएका बालबालिकाहरुलाई पुरस्कारको साथसाथै हौसला र उत्पे्ररणा दिने गरिएको उनले बताए ।

About indreni Newsdesk