Speaker meet with Liu in Bejing

सभामुख महराको सिचुवान प्रान्तका सेक्रेटरीसँग भेटवार्ता

सिचुवा, ११ असोज । सभामुख कृष्णबहादुुर महराले चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरी पेङ दिङ्ह्वासँग भेटवार्ता गरेका छन् ।

Speaker meet with Liu in Bejingकजाखस्तानको नूरसुल्तानमा सम्पन्न युरेसियन मुलुकका सभामुखहरुको बैठकबाट फर्किने क्रममा शुक्रबार सभामुख महरासहितको नेपाली प्रतिनिधि मण्डलले सिचुवान प्रान्तका पार्टी सेक्रेटरी पेङसँग भेटवार्ता गरेको हो ।

भेटका अवसरमा सभामुख महराले भौगोलिक रुपमा नेपालसँग नजिक रहेको सिचुवान प्रान्त र नेपालको सम्बन्ध राजनीतिक तथा साँस्कृतिक हिसाबले विशिष्ट किसिमको रहेको बताए । नेपाल र सिचुवान प्रान्तको सम्बन्धलाई अझ नियमित र सुदृढ गर्न छेन्दूमा नेपाली महावाणिज्य दूतावास स्थापना गर्न जरुरी रहेको बताए ।

निकट भविष्यमै चीनका राष्ट्रपति सि चिनफिङलाई स्वागत गर्न नेपाल आतुर रहेको भन्दै सभामुख महराले सरकारले भ्रमणको तयारी तीव्रताका साथ गरिरहेको जानकारी दिए ।

About indreni Newsdesk