jam

सडक जाममा परी एक जनाको मृत्यु

धादिङ, १० असोज। पृथ्वी राजमार्गमा जाम पर्दा एक जना विरामीको मृत्यु भएको छ । धादिङको थाक्रे ६ महादेबबेशीस्थित पृथ्वी राजमार्गमा बस भित्रै एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

jamरौतहटबाट उपचारका लागि काठमाडौ आउदैं गरेका मृगौलापीडित ३५ बर्षीय रूपलाल शाहको रातभरको सडक जामको कारण मृत्यु भएको बताइएको छ । पारिवारिक आर्थिक कमजोरीका कारण एम्बुलेन्समा आउन नसकेर बसमा यात्रा गर्दै आएका शाहको जाममा बसभित्रै मृत्यु भएको हो ।

About indreni Newsdesk