kp

बजेट कार्यान्वयनमा जोड दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, १० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटमा व्यवस्था भएका कार्यक्रम कार्यान्वयनलाई तीव्रता दिन सम्बन्धित विभागीय मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

kpविभिन्न विभागीय मन्त्री तथा सचिवहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार आयोजित समीक्षा बैठकमा प्रधानमन्त्रीले पूँजीगत खर्चलाई प्रभावकारी परिचालन गर्न निर्देशन दिएका हुन् ।

दुई दिनअघि मङ्लबारसम्मको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको कुल पुँजीगत खर्चको एक दशमलव ५३ प्रतिशतमात्र खर्च हुन सकेको छ । यो वर्ष पुँजीगततर्पm चार खर्ब आठ अर्ब रुपियाँ बजेट विनियोजन भएको छ ।

चालूतर्पmको खर्च भने १० प्रतिशतभन्दा बढी खर्च भएको छ । राजस्व सङ्कलन एक खर्ब ५५ अर्ब रुपियाँ पुगेको गोरखापत्रमा खबर छ ।

About indreni Newsdesk