rainnn

दशैँसम्म भारी वर्षाको संभावना

काठमाडौं, ९ असोज। विगतका वर्षहरु भन्दा यसवर्ष मनसुन लम्विने देखिएको छ । मौसमविद्धहरुका अनुसार साविकको औसत अवधिभन्दा तीन दिन पर पुगेको छ ।

rainnnनेपालको मध्य र पूर्वी भागमा दक्षिणपूर्वी जलबाष्पयुक्त हावाको प्रभाव देखिएकाले मनसुनी गतिविधि अझै बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन सकिनका लागि जुन किसिमको वातवरण आवश्यक पथ्र्यो त्यो वातावरण अनुकूल देखिदैन । केही दिनयता निरन्तर रुपमा बङ्गालको खाडीबाट जलबाष्पयुक्त हावा आइरहेकाले दशैँसम्म नै मनसुन रहने सम्भावना देखिएको महाशाखाले जनाएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com