juwa-ko-khal-620x330

जुवाको खालबाट पाँच जना पक्राउ

इन्द्रेणी संवाददाता
दाङ, ९ असोज । नेपालीको महान चाड दशैं र तिहार नजिकिदै गर्दा दाङमा जुवा खोल्ने क्रम पनि बढेको छ । कसैले चाड पर्वको समयमा रमाइलोका लागि खेल्ने गर्दछन् भने कसैले ठूलो धन राखेर बाजिकै रुपमा खेल्ने गरेको पाइन्छ ।

juwa-ko-khal-620x330बाजिकै रुपमा खेलिने जुवाबाट कतिले क्षणिक धन कमाएको महसुस गर्दछन् भने कसैले घरबार गुमाएको पनि हामीले सुन्ने गरेका छौं । त्यसो घटना नहोस् भनेर प्रहरीले जुवा खेल्नेहरुलाई पक्राउ गर्ने गरेको पनि छ ।

दाङमा प्रहरीले जुवाको खालबाटै ५ जनालाई पक्राउ गरेको छ । असोज ८ गते तुलसीपुरको गाइडरस्थित मिसेन लहरेको घरमा जुवा खेलिरहेको सूचना पाएपछि प्रहरीले छापामार्दा ६१ हजार २ सय १० रुपैयाँसहित ५ जनालाई नियन्त्रणमा लिएको हो ।

यसरी पक्राउ पर्नेहरुमा तुलसीपुरका भिमसेन लहरे, अमित देव खड्का, सिताराम योगी, निर्मल शर्मा आचार्य र सेजेन्द्र देवकोटा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com