photo

शिक्षक अध्यापन अनुमति पत्रको परीक्षा आजदेखि

इन्द्रेणी संवाददाता
दाङ, ९ असोज । शिक्षक सेवा आयोगले सञ्चालन गरेको शिक्षक अध्यापन अनुमति पत्रको लागि परीक्षा आजदेखि शुरु भएको छ ।
आज पहिलो दिन प्राथमिक तहको परीक्षा भइरहेको छ ।

photoविहान ८ बजेदेखि शुरु भएको परीक्षामा दाङमा दाङ, रोल्पा र प्यूठानका परीक्षार्थीहरु सहभागी छन् । दाङका १४ वटा परीक्षा केन्द्रमा तीन जिल्लाका ३ हजार बढी परीक्षार्थी सहभागी छन् ।

भोली असोज १० गते माध्यमिक र असोज ११ गते निम्न माध्यमिक तहको परीक्षा हुनेछ । यो शिक्षक अध्यापन अनुमति पत्रको परीक्षा नयाँ पाठ्यक्रमअनुसारको पहिलो हो ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com