FB_IMG_1568699932859

ज्ञानेन्द्र शाहीलाई दाङ प्रवेश निषेध

घोराही । राष्ट्रिय युवा संघ, नेपाल अन्तर्गत साविक वाइसिएल नेपालले स्वतन्त्र अभियान सञ्चालन गरिरहेका ज्ञानेन्द्र शाही भनिने ज्ञानबहादुर शाहीलाई दाङ प्रवेश निषेध गरिएको जनाएको छ ।

वाइसिएल दाङका इञ्चार्ज सरोज पन्त र जिल्ला अध्यक्ष खगेश्वर घर्ती ‘बादल’ ले विज्ञप्ती निकालेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं सस्कृति तथा पर्यटन उड्यान मन्त्री योगेश भट्टराई माथी नेपालगञ्ज विमानस्थलमा भएको दुव्र्यवहार गणतन्त्र र परिवर्तन विरोधी भएको बताएको छ ।

‘केही दिन पहिले मात्रै हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं सस्कृति तथा पर्यटन उड्यान मन्त्री योगेश भट्टराई माथी नेपालगञ्ज विमानस्थलमा प्रतिगामी तत्वका प्रमुख अभियन्ता ज्ञानेन्द्र शाही भनिने ज्ञानबहादुर शाहिको नेतृत्वमा रहेको भिजलान्तेहरुको जत्थाले गरेको दुव्र्यवहार प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ,’ विप्तीमा भनिएको छ, ‘स्वतन्त्र समूहको नाममा राजावादीको पैशा खाएर मुलुकमा अस्थिरिता पैदा गर्न खोज्ने ज्ञानबहादुर शाहीहरु जस्ता प्रतिगामी तत्वहरुलाई राष्ट्रिय युवा संघ नेपालले जस्तो सुकै हालतमा पनि प्रतिकार गर्ने कुरा अवगत गराउन चाहन्छौं । साथै ज्ञानबहादुर शाही लगाएकाता प्रतिगामी तत्वहरुलाई दाङ जिल्ला प्रवेशमा निषेध गरिएको छ ।’

वाइसिएलको विज्ञप्ती

नेपाली जनताको लामो त्याग, तपस्या र बलिदान पछि प्राप्त भएको समावेशी, समानुपातीक सहितको संघीय लोकतान्त्रिक गणतन्त्रमाथी अहिले केही प्रतिगामी तत्वहरुले प्राहर गर्न थालेका छन् ।

१० वर्षे महान जनयुद्ध तथा १९ दिने जनआन्दोलन र हजारौं शहीदहरुको बलिदानबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्नु अहिले हामी सबैको दायित्व हो । अहिले मुलुकमा नयाँ संविधान जारी भएर जनताका अधिकार सस्थागत गर्ने काम भइरहकेो छ ।

अहिलेको अवस्थामा मुलुकमा रहेका गणतन्त्रवादी तथा परिवर्तनगामी शक्तिहरु एक हुनुपर्ने देखिन्छ । तर, पछिल्ला केही महिना स्वतन्त्र अभियन्ताका नामाक केही राजावादी तथा प्रतिगामी तत्वहरुले गणतन्त्र र गणतन्त्र प्राप्तीका लागि संघर्ष गरेका नेतृत्वहरुलाई प्रहार गर्ने काम गरिरहेका छन् । मुलुकको परिवर्तन र अग्रगामी यात्राको विरुद्ध लाग्ने ती तत्वहरुलाई परास्त गर्नु अहिले हामी सबै युवाहरुको दायित्व भएको छ ।

सामाजिक सञ्जालहरुमा गणतन्त्र प्राप्तीका लागि लडेका नेतृत्वहरु बिरुद्ध गालिगलौज गर्ने र सार्वजनिक कार्यक्रमहरुमा गणतन्त्र विरुद्ध नारावाजी गर्ने काम प्रति हाम्रो गम्भिर ध्यानाकषर्ण भएको छ ।

हामी सबै शान्ति, गणतन्त्र र समृद्धिको पक्षमा छौं । तर, हाम्रो नेतृत्व र समग्र गणतन्त्रप्रति प्रहार हुन थालेमा हामी हातमा दही जामाएर बस्ने छैनौं । केही दिन पहिले मात्रै हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं सस्कृति तथा पर्यटन उड्यान मन्त्री योगेश भट्टराई माथी नेपालगञ्ज विमानस्थलमा प्रतिगामी तत्वका प्रमुख अभियन्ता ज्ञानेन्द्र शाही भनिने ज्ञानबहादुर शाहिको नेतृत्वमा रहेको भिजलान्तेहरुको जत्थाले गरेको दुव्र्यवहार प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।

हिजो गणतन्त्रका लागि त्याग तपस्या र संघर्ष गर्ने नेृत्वमाथी भएको यस्तो खालको दुव्यर्ववहार हामीलाई सह्य छैन । हामी प्रतिगामी तत्वहरुलाई सिधै आफ्नो पार्टीको व्यानरमा आएर संघर्ष गर्न चुनौती दिन्छौं । स्वतन्त्र समूहको नाममा राजावादीको पैशा खाएर मुलुकमा अस्थिरिता पैदा गर्न खोज्ने ज्ञानबहादुर शाहीहरु जस्ता प्रतिगामी तत्वहरुलाई राष्ट्रिय युवा संघ नेपालले जस्तो सुकै हालतमा पनि प्रतिकार गर्ने कुरा अवगत गराउन चाहन्छौं । साथै ज्ञानबहादुर शाही लगाएकाता प्रतिगामी तत्वहरुलाई दाङ जिल्ला प्रवेशमा निषेध गरिएको छ । यदी युवा संघको निर्णयलाई अवज्ञा गर्दै दाङ प्रवेश गरेमा उनीहरुमाथी प्रतिकार गरिने छ ।

About Kesharman Bc