pairo

पहिरोमा परेर ६ जनाको मृत्यु

रोल्पा, २८ भदौ । वर्षातका कारण आएको पहिरोले घर पुरिँदा एकै परिवारका चारसहित ६ जनाको ज्यान गएको छ । रोल्पाको घर्तीगाउँ–थबाङ सडक खण्डको छेर्लोबाङमा पहिरो खस्दा थबाङ गाउँपालिका–२ छेर्लोबाङस्थित शिरकुमारी बुढाको घर पहिरोले पुर्दा २८ वर्षीया शिरकुमारी र उनका छोरा ४ वर्षीय असल बुढालगायत ६ जनाको पुरिएर मृत्यु भएको हो ।

pairoविहीबार मध्य राति घर माथिबाट आएको पहिरोमा पुरिएर ३८ वर्षीय जय बुढा, उनकी श्रीमती ३६ वर्षीया मूलज्योति बुढा र उनका दुई छोरी ९ वर्षीया देवस्ती र २ वर्षीया करिस्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान स्थानीयले शिरकुमारी र उनको छोरा असलको शव निकालेका थिए । बाँकी बेपत्ता ४ जनाको शव मिरुल, कुरेली, थबाङबाट गएको प्रहरी र स्थानीयले शुक्रबार दिउँसो मात्र भेटाएका थिए ।

About indreni Newsdesk