deuba

कांग्रेसमाथिको आक्रमण नै लोकतन्त्रमाथिको आक्रमण : देउवा

इन्द्रेणी संवाददाता
दाङ, २७ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काग्रेसमाथिको आक्रमण नै लोकतन्त्रमाथिको आक्रमण भएको बताएका छन् । सभापति देउवाले अहिले दुई तिहाइको कम्युष्टि सरकारले कांग्रेसलाई आक्रमण गर्ने नाममा लोकतन्त्रमाथि नै आक्रमण गरिरहेको आरोप लगाए ।

deubaआज दाङको कटरबोटस्थित निर्माण भएको स्वं वि.पि. कोइरालाको शालिकको उद्घाटन गर्दै सभापति देउवाले लोकतन्त्रलाई बचाउन कांग्रेसभित्र एकता जरुरी रहेको बताए । पार्टीभित्र केही टुटफुटको समस्या रहेको उल्लेख गर्दै उनले अहिलेको सरकारको अलोकतान्त्रिक गतिविधिसँग लड्न सबैभन्दा पहिले कांग्रेसभित्र एकता हुनुपर्ने जिकिर गरे ।

सभापति देउवाले हिजो मात्रै बाँकेमा आयोजना गरिएको कार्यक्रममा काग्रेसका जिल्ला सभापतिमाथि आक्रमण भएको भन्दै यसका दोषिलाई पत्ता लगाइ कारवाही हुने दावी गरे । पार्टीलाई एक ढिक्का बनाएमा मात्रै पार्टीको अस्तिव्यसहित मुलुकको लोकतन्त्र बच्ने सभापति देउवाको दावी थियो ।

About indreni Newsdesk